समाचार

कांग्रेस सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

काठमाडौं, २६ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२:३० बजेदेखि ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा मतगणना सुरु हुनेछ।

आज सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदको मतगणना हुनेछ। त्यसैगरी, सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य महिला, खुला तथा ३५ वर्षमुनिका युवा महिला र खुला पदको मतगणना पनि सुरु हुने समितिले जनाएको छ।

यी पदको मतगणना असोज २३ गते राति ९ बजेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत हुन लागेको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचनामार्फत सम्बन्धित सबै उम्मेदवारलाई मतगणना सुरु हुने समय र स्थानबारे जानकारी गराएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button