समाचार

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले खोजीमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ।

परिवारले लखिन्द्र एक दिन घर फर्केर आउने आशा अझै मारेको छैन। दिन बित्दै गए पनि उनी सकुशल घर फर्किने प्रतीक्षा भने सकिएको छैन। परिवारजनले उनलाई खोज्ने प्रयास जारी राखेका छन्, तर अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

परिवारको आशा र प्रतीक्षाबीच लखिन्द्रलाई कतै देख्नुभएका वा उनीबारे कुनै जानकारी पाउनुभएका व्यक्तिलाई सहयोग गरिदिन आग्रह गरिएको छ। लखिन्द्र कुमार यादवबारे कुनै जानकारी भएमा ९८२२२८९१०८ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

उनको खोजीमा सहयोग पुग्ने उद्देश्यले परिवारले सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याइदिनसमेत आग्रह गरेको छ। तपाईंको एउटा सूचना वा सहयोगले लामो समयदेखि प्रतीक्षामा रहेको परिवारलाई आफ्ना प्रियजनको खबर मिल्न सक्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button