समाचार

भरुवा बन्दुकसहित बारा रतनपुरबाट एक जना पक्राउ

 बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार बिहान करिब १०ः४५ बजे इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त गस्ती टोलीले रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउन्ड नजिकबाट एक नाल भरुवा बन्दुकसहित स्थानीय ३९ वर्षीय सम्सेर रुम्बालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रुम्बा मोतिलाल रुम्बाका छोरा हुन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेका अनुसार पक्राउ परेका रुम्बामाथि आवश्यक अनुसन्धान भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button