मधेस प्रदेशसमाचारसमाजस्थानीय
विश्रामपुरमा सुनिल केशरीलाई बिदाइ, सन्देश यादवको स्वागत

बारा—बाराको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीको सरुवा भएपछि गाउँपालिकाले ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ। सोही क्रममा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई आएका सन्देश कुमार यादवको स्वागतसमेत गरिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ २९ गतेको निर्णयअनुसार केशरीको सरुवा पर्साको जगरनाथपुर गाउँपालिकामा भएको हो। जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका यादव भने सोही निर्णयअनुसार विश्रामपुर गाउँपालिकामा सरुवा भएर आएका हुन्।
गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई)को अध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अली अकबर हुसेनले स्वागत मन्तव्य व्यक्त गर्दै कर्मचारीको सरुवा तथा बढुवा नियमित प्रशासनिक प्रक्रिया भएको बताए। उनले प्रमुख प्रशासकीय अधिकृत केशरीले गाउँपालिकामा रहँदा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि आपसी सहकार्य र सम्बन्ध कायम रहने बताए।
अध्यक्ष भुट्टोले केशरीले विश्रामपुर गाउँपालिकामा करिब १३ महिनाको कार्यकाल सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै उहाँको कार्यकालमा भएका विभिन्न काम तथा सहकार्यको स्मरण गरे। उनले आगामी दिनमा पनि आपसी सम्बन्ध र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रियंका देवी साह, प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी, वडा नं. १ का अध्यक्ष सन्तोष पटेल, वडा नं. २ का अध्यक्ष मनोज यादव, वडा नं. ५ का अध्यक्ष अमिरीलाल गुप्ता, कार्यपालिका सदस्य विजय पण्डित, गाउँसभा सदस्य मञ्जुर आलम र सुरेश महतो लगायतको उपस्थिति थियो।
त्यस्तै शिक्षा शाखा प्रमुख महेश रिमाल, कान्तिपुर विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण साह, योजना शाखा प्रमुख गुलाब मेहता, लेखा शाखा प्रमुख बजरंगी जयसवाल, प्रशासन शाखा प्रमुख देव मण्डललगायत विभिन्न शाखाका प्रमुख, कर्मचारी, सञ्चारकर्मी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
बिदाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले केशरीले गाउँपालिकामा कार्यरत रहँदा पुर्याएको योगदान र सहकार्यको स्मरण गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको भूमिका स्थानीय तहको प्रशासनिक सेवा प्रवाहमा महत्वपूर्ण हुने उल्लेख गर्दै जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
यसैबीच, विश्रामपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका यादवको स्वागत कार्यक्रमसमेत आयोजना गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले यादवलाई सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाको प्रशासनिक कामकाज तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत यादवले गाउँपालिकाको जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालासँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए।
बिदाइ भएका केशरीले विश्रामपुर गाउँपालिकामा कार्यरत रहँदा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे। उनले गाउँपालिकासँगको सम्बन्ध आगामी दिनमा पनि कायम रहने बताए।
कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख देव मण्डलले गरेका थिए। सहभागीहरूले केशरीलाई आगामी कार्यकालका लागि शुभकामना दिँदै ‘फेरि भेटौँला’ भन्ने भावनासहित बिदाइ गरेका थिए।



