समाचार

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा चालकले लगाए आगाे

काठमाडौं, ५ असोज । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेकाे सार्वजनिक बसमा आगलागी भएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर रिद्धिसिद्धि बसमा आगो लागेको हो ।

ट्राफिक प्रहरीसँगको विवादपछि बसका चालकले बसमै आगो लगाएका हुन्।  उनी आगो लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए। बस त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै थियो। खाली रहेको बस बन्द गरी भित्र बसेर चालकले आगो लगाएका हुन्। 

बसबाट सल्किएको आगोको ज्वालाले सडक छेउछाउमा रहेका बिजुली तथा इन्टरनेटका तारहरूलाई भेटेको थियो। आगलागी सुरु भएको करिब २० मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो। दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button