समाचार

डाटा हब प्रालिमा समस्या आएपछि आजका लागि सेयर कारोबार बन्द

काठमाडौं, ५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारका लागि सेयर कारोबार स्थगित गरेको छ। 

ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि एक दिनका लागि कारोबार रोकिएको नेप्सेले जनाएको छ।

७२ वटा कारोबार सदस्य (स्टक ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा आइतबार बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो। हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेकाले कारोबार रोकिएको हो ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत हालको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत गम्भीर क्षति पुग्न सक्ने भन्दै नियमित कारोबार सत्र स्थगन गर्न अनुरोध गरेको थियो। सोही निवेदन र प्राविधिक जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार सोमबारको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button