समाचार

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज प्रक्रिया अघि बढाइनेछ। गत असोज १ गतेदेखि सुरु भएको वडा अधिवेशन आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वटा वडामा शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ।

बाढी र पहिरोका कारण स्थगित भएका रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडाहरूमा आज अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button