समाचार

उपत्यकामा २४ घण्टाभित्र १ हजार २१३ सवारीचालक कारबाहीमा

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २१३ जना सवारीचालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने १५४ जना रहेका छन्। त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११८ जना, रातो बत्ती उल्लङ्घन गर्ने ८२ जना र लेन अनुशासन पालना नगर्ने ६४ जना चालक कारबाहीमा परेका छन्।

सडकमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज विश्लेषण गरी ७३ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ४० जना, सवारीसाधनको यान्त्रिक अवस्था ठीक नराखी चलाउने ३९ जना र एकतर्फी (वान-वे) सडकमा नियम विपरीत सवारी चलाउने १५ जनालाई पनि कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने बाँकी चालकहरूलाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको छ।

उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक अनुशासन कायम राख्नका लागि चेकिङलाई थप कडा र नियमित बनाइएको ट्राफिक प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button