समाचार

विश्व इतिहासमा आज: उत्तर र दक्षिण कोरिया संयुक्त राष्ट्रसङ्घमा प्रवेश गरेको दिन

काठमाडाैं, ३० भदाैं । सेप्टेम्बर १५ मा विश्व इतिहासमा घटेका प्रमुख ऐतिहासिक, राजनीतिक तथा सामाजिक घटनाक्रमहरू रहेका छन् । जसमध्य मध्य अमेरिकी राष्ट्रहरूको स्वतन्त्रता पाउने देखी उत्तर कोरिया र दक्षिण कोरिया दुवै देशलाई संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यता प्रदान गरिएको दिनकाे रूपमा सम्झने गरिन्छ । 

 

मध्य अमेरिकी राष्ट्रहरूको स्वतन्त्रता दिवस (१८२१): ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, निकारागुआ र कोस्टा रिकाले स्पेनको औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेका थिए।

 

न्युरेम्बर्ग कानून लागू (१९३५): नाजी जर्मनीमा यहूदीहरूलाई नागरिकता र आधारभूत अधिकारबाट वञ्चित गराउने विभेदकारी न्युरेम्बर्ग कानून लागू गरिएको थियो।

 

उत्तरी र दक्षिणी कोरिया संयुक्त राष्ट्रसङ्घमा प्रवेश (१९९१): उत्तर कोरिया र दक्षिण कोरिया दुवै देशलाई संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यता प्रदान गरिएको थियो।

 

 

चार्ल्स डार्विनको ग्यालापागोस आगमन (१८३५): प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विन एचएमएस बिगल जहाजमार्फत ग्यालापागोस टापु पुगेका थिए, जहाँको अध्ययनले उनलाई जीवविकासको सिद्धान्त प्रतिपादन गर्न मद्दत गर्यो।

 

इतिहासमै पहिलो पटक ट्याङ्कको प्रयोग : पहिलो विश्वयुद्धअन्तर्गत 'सोमको युद्ध' मा बेलायती सेनाले इतिहासमै पहिलो पटक युद्धपोत ट्याङ्क (मार्क पहिलाे) को प्रयोग गरेको थियो।

 

अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस (२००७): संयुक्त राष्ट्रसङ्घको महासभाले विश्वभर लोकतन्त्रका सिद्धान्त र मूल्य-मान्यता प्रवर्धन गर्न हरेक वर्ष सेप्टेम्बर १५ लाई अन्तर्राष्ट्रिय लोकतन्त्र दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button