समाचार

कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

धनगढी, २६ भदौ । कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ स्थित जनआवाज चोक नजिकबाट ६६० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुवास राना पक्राउ परेका छन्। उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो चेकजाँच गर्दा ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो।

यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ९४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजारका १८ वर्षीय र १७ वर्षीय किशोर रहेका छन्। उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बिहीबार साँझ पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button