लाङ्घालि चुलोको पहलमा बिरामी गणेश मगर स्वदेश फर्किए।

25

क्वालालम्पुर
मलेसियामा बिरामी परेका धादिङ घर भएका गणेश मगरलाई लाङ्घालि चुलो को पहलमा स्वदेश फर्काइएको छ।

करीब ११ वर्षअघि मलेसियाको जोहोर राज्यस्थित एक कम्पनीमा रोजगारीका लागि पुगेका मगर पछिल्ला वर्षहरूमा कम्पनी छोडी स्वतन्त्र रूपमा काम गर्दै आएका थिए। केही समयदेखि स्वास्थ्य समस्या देखिएपछि उनी दुई महिनादेखि साथीहरूको कोठामा बस्दै आएका थिए। मलेसिया एयरपोर्ट 

मगरको कलेजोमा समस्या देखिएपछि उनको आँखामा पहेँलोपन र अनुहारभरि बिबिरा देखिन थालेको थियो। आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थाले उनले घर फर्कन सहयोगको अपिल गरेका थिए।

पारिवारिक अवस्था कमजोर रहेकाले गणेश मगर लाङ्घालि चुलो का सञ्चालक सदस्य गोकर्ण आले को सम्पर्कमा पुगेका थिए। आलेको पहलमा बिरामीको अवस्थाबारे नेपाली दूतावास, क्वालालम्पुर मा जानकारी गराइएपछि दूतावासले उनलाई निशुल्क ट्राभल डकुमेन्ट र फिङ्गरप्रिन्ट प्रक्रिया को व्यवस्था गर्‍यो। नेपाल पुगेको पछि 

त्यसपछि लाङ्घालि चुलो ले फिङ्गर शुल्कका लागि आरएम ५२० र हवाई टिकटको सम्पूर्ण खर्च व्यहोरेको थियो।
गणेश मगर नेपाल एयरलाइन्स मार्फत २९ अक्टोबर का दिन काठमाडौं फर्किएका हुन्।

नेपाल पुगेपछि मगरले सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै भने,

“म नेपाल फर्किएँ। अब उपचार गरेर ठिक भएपछि नेपालमै केही गर्ने सोचमा छु। अब विगतका गल्तीहरू दोहोर्याउने छैन।”

लाङ्घालि चुलोका अर्का सञ्चालक सुन्दर आले का अनुसार,

“बिरामीको अवस्थाबारे विभिन्न संस्थाहरूसँग पनि सहयोगको पहल गरिएको थियो, तर कुनै प्रतिक्रियाको जानकारी नआएपछि अन्ततः हामीले आफ्नै खर्चमा उनलाई स्वदेश पठायौं।”

उनका अनुसार लाङ्घालि चुलोले यसअघि पनि मलेसियामा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ।

हामी परदेशमा रहेका सबै नेपालीका लागि सकेसम्म सहयोग र साथ दिन तत्पर छौं,” आलेले बताए।

लाङ्घालि चुलोले निरन्तर रूपमा मलेसियामा समस्या परेका नेपाली कामदारहरूलाई उद्धार, उपचार र घर फर्काउने अभियान सञ्चालन गर्दै आएको छ।

Leave a comment