जोहोर (मलेसिया)।
प्रवासी नेपाली मञ्च राज्य समिति जोहोरको बृहत् अगुवा कार्यकर्ता भेलाले सुर्य बस्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुर्य बस्याल, उपाध्यक्षमा प्रेम श्रेष्ठ र कृष्ण गुरुङ, महिला उपाध्यक्षमा अम्बिका सारु मगर, सचिवमा प्रदीप भट्ट तथा सह–सचिवमा बुद्धि राना मगर रहेका छन्।
त्यसैगरी सदस्यहरूमा दामोदर ओली, ससिराम कवर, जीवन बिस्वकर्मा, रुद्र गिरी, बद्री रोकाह, सन्तोष ठान्टि, सुशील तामाङ, दुर्गानन्द खाङ्ग, सुमन बिस्वकर्मा, पुजवल थामी, मान ब. गुरुङ, जीवन क्षेत्री, भरत यादव, अमिन लिम्बु र जितेन्द्र यादव रहेका छन्।
भेलामा बोल्ने वक्ताहरूले प्रवासी नेपाली मञ्चले विदेशमा रहेका नेपाली समुदायको हित, अधिकार र पहिचान संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वले संस्थालाई अझ सबल र संस्थागत बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रीय सचिव खड्काले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, विशेष सहयोग र समन्वय गरेको भन्दै जोहोर इञ्चार्ज छबिलाल गिरीलाई विशेष धन्यवाद अर्पण गरिएको थियो।
भेलाले प्रवासी नेपालीबीच एकता, सहयोग र नेपाली समाजको पहिचानलाई अझ मजबुत बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको जनाएको छ।