अपराधराजनीतिसमाचारसमाज

रास्वपा नेतृ स्वस्तिका लमिछाने मलेसियामा, शुभचिन्तकहरूसँग आत्मीय भेटघाट।

क्वालालम्पुर, मलेसिया – पारिवारिक घुमघामको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सदस्य स्वस्तिका लमिछाने आफ्ना माता–पितासहित यही २५ अगस्ट २०२५ मा मलेसिया आएकी छन्।

उहाँको मलेसिया बसाइका क्रममा विभिन्न काम–व्यवसायमा संलग्न रहेका रास्वपाका शुभचिन्तकहरूले अनौपचारिक तर आत्मीय वातावरणमा छोटो परिचयात्मक भेटघाट तथा आपसी सद्भाव आदानप्रदान गर्ने अवसर पाएका छन्।भेटघाटका क्रममा सहभागीहरूले स्वस्तिका लमिछाने र उहाँको परिवारप्रति सम्मान व्यक्त गर्दै भ्रमण सफलताको शुभकामना दिएका थिए। उनीहरूले यस्तो अवसरले पार्टीका शुभचिन्तकबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

लमिछानेले पनि व्यस्त समयतालिकाबीच सहभागी सबैप्रति आभार प्रकट गर्दै विदेशमा रहेर नेपाली समुदायले देखाएको माया, सद्भाव र समर्थन आफूलाई ठूलो प्रेरणा भएको बताइन्।साथै भेटघाटको अन्त्यमा सहभागीहरूले “मातापिताको आशीर्वाद सहित मलेसियाबाट जय घन्टी” उद्घोष गर्दै कार्यक्रम समापन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button