नाडा अटो शो–२०२५ मा ‘गिली एक्स–५’ का १८७ गाडी बुक

6

काठमाडौं(जस)–आइतबार सम्पन्न नाडा अटो शोमा गिली एक्स–५ विद्युतीय गाडीले उल्लेखनीय बुकिङ हासिल गर्दै किर्तीमान कायम गरेको छ । ड्रीमस्मार्ट चाइनाको अधिकृत आयातकर्ताको रुपमा नेपालमा गिली एक्स–५ भित्राउने एलआरआर मोटर्स प्रा. लि. नाडाको क्रममा कुल १८७ गाडीहरुको बुकिङ लिँदै सुरुवाती सफलता हासिल गरेको बताएको छ ।
म्याक्स र प्रो गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको गिली एक्स–५ को स्टलमा ठूलो संख्यामा दर्शकहरूको भिड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण गिली एक्स–५ ले भरपर्दो, प्रिमियम र स्टाइलिश भ्ख् खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको हो ।
“नाडामा गिली एक्स–५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ,” एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने, “छ दिनमै १८७ वटा बुकिङ हुनु गिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो । यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय भ्ख् उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।” श्रेष्ठका अनुसार, गिली एक्स–५ श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो ।
गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक होक ।
साथै आयातकर्ता एलआरआर मोटस्र्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेण्टि समेत दिएको छ । एलआरआर मोटर्सका अनुसार, नाडामा गिली एक्स–५ को सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवद्र्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको छ । बुक गरिएका गाडीहरूको डेलिभरी आज सोमबारदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

Leave a comment