मधेसराजनीतिसमाचार

जनमतका कोषाध्यक्ष सुरेन्द्र यादव पक्राउ

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। ठगी तथा आपराधिक विश्वासघात मुद्दामा उनलाई आइतबार पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला प्रहरी कार्यालय ललितपुरबाट सप्तरी प्रहरीलाई आएको पक्राउ पुर्जीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको एसपी खतिवडाले बताए।

पार्टीमा आर्थिक अनियमितता र ठगी गरेको तथा पार्टीविरुद्ध षड्यन्त्र गरेको भन्दै जनमत पार्टीले पछिल्लो समय उनलाई निलम्बन गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button