राजनीतिसमाचार

‘अध्यागमनमा घुस लिइरहेको घट्ना बाहिरिएपनि सरकार मौन बस्नु रहस्यमय’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आएपनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि नबढाएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ त्यसबखतसम्म लोकतन्त्रलाई दुर्घटनामा लैजाने काम हुने गरेको उनले बताए । आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको उनको दाबी थियो ।

उनले भने,‘जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजान्छ । दुई महिना भन्दा लामो समयदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइरहदा, लिचीवारी बेच्ने अडियो टेप आयो । पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो । कुलिंङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्ने निष्कर्ष निस्कियो । तर पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्न प्रयास भइरहेको छ,’ उनले अगाडि भने,‘केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकोमा पुग्छ तर गृह मन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button