राष्ट्रियसमाचार

नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर तीर्थयात्रामा अवरोध, कूटनीतिक पहलको माग

काठमाडौँ। नेपाल–चीन सीमास्थित मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने सयौँ तीर्थयात्री समस्यामा परेकाे पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले बताएकाे छ । टानले शुक्रवार एव विज्ञप्ति जारी गर्दै बाढीले पुल बगाएपछि तीर्थयात्रा मार्ग अवरुद्ध भएको र तत्काल वैकल्पिक उपाय खोजिनुपर्ने माग गरेको हाे।

रसुवाबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर जाने नेपाली तथा विदेशी तीर्थयात्री चीन प्रवेश गर्नबाट वञ्चित भएका बताँउदै टानले चीन सरकारसँग तत्काल कूटनीतिक पहल गरी तातोपानी (सिन्धुपाल्चोक), कोरला (मुस्ताङ), हिल्सा (हुम्ला) नाकाहरू प्रयोग गरेर तीर्थयात्रा पुनः सञ्चालन गर्न वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ।

टानले विज्ञप्ति मार्फत कैलाश मानसरोवर यात्राको मुख्य सिजन सुरु हुँदै गर्दा यात्रुहरू सहज रूपमा तिब्बत प्रवेश गर्न पाउने वातावरण मिलाइन माग गरेको छ। साथै, नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरी भिसा प्रक्रिया छिटो, सरल र यात्रुमैत्री बनाउन परराष्ट्र मन्त्रालयलाई अपिल गरिएको छ ।

गत मङ्गलबार बिहान रसुवाको टिमुरेस्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवागढी नाकामा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button