Modern technology gives us many things.

जन्मदिनमा मिलन सिंह ठकुरीले गरे हवाई टिकट प्रदान।

105

मलेसिया:=जून २० का दिन जन्मिएका मिलन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा मलेसियाको घरफिर्ती केन्द्रमा रहेका एक नेपालीका लागि हवाई टिकट प्रदान गरेका छन् । उनले पिएनसिसि मलेसिया संयोजक पूर्ण सुब्बा मार्फत एकतर्फी हवाई टिकट हस्तान्तरण गरेका हुन ।
मिलन सिंहले प्रदान गरेको हवाई टिकट प्रप्त गर्नेमा रोहिणी ५, रुपन्देहीका महेन्द्र बानिया रहेका छन । अबैधानिक रुपमा बसोबास गरि काम गरिरहेेका बानिया, अध्यागमनको धडपकडमा पक्राउ परेका थिए । करिव तीन महिना देखि पेराकको विदुर घरफिर्ती केन्द्रमा रहेका बानियाका श्रीमतीले नेपालबाट फोन मार्फत हारगुहार गर्दै सहयोगको याचना गरेपछि नेपाली राजदूतवासका सहायक जनसम्पर्क अधिकारी उतम कार्कीले निशूल्क हवाई टिकटका लागि पिएनसिसिलाई समन्वय गरिदिन अनुरोध गरेका हुन । उहाकै अनुरोधमा संयोजक पूर्ण सूब्बाले आग्रह गरेपछि मिलन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा महेन्द्र बानियालाई टिकट उपलब्ध गराएका हुन ।
३ जुलाईका दिन बाटिक एयरको उडानबाट श्रीमान नेपाल फर्किने खवर पाए पछि खुशी हुँदै महेन्द्र बानियाका श्रीमतीले टिकट प्रदान गर्नु हुने मिलन सिंह, नेपाली राजदूतवास र पिएनसिसिलाई फोनबाटै धन्यवाद दिएका छन ।

Leave a comment