समाचारसमाज

म्याग्दी प्रवासी नेपाली संघ मलेसियाकाे दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशनको तयारी सम्पन्न

क्वालालम्पुर, मलेसिया – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाले आयोजना गर्न लागेको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन–२०८२को सम्पूर्ण तयारी पूरा भएको छ।

उक्त कार्यक्रम सेप्टेम्बर १४, २०२५ (आइतबार), बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मलेसियाको Cosmo Hotel, Kuala Lumpur (13–15, Leboh Ampang 50506) मा आयोजना हुने छ।

संघको राष्ट्रिय कार्यकारी समितिले आयोजना गर्न लागेको यो अधिवेशनमा नेपाली सांगीतिक माहोल पनि जम्नेछ। कार्यक्रममा विशेष आकर्षण स्वरूप चर्चित नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।गायकहरू:दिल थापा मगर,नितेन्द्र,बुढा मगर,बाबुराम थापा,पूर्ण जिरेल र डान्सरकाे रुपमा:कासी गुरुङ,शर्मिला लिम्बु,वर्षा राई समेतले आफ्नाे परस्तुति दिनेछन ।

उक्त कार्यक्रममा संघको विधान, आर्थिक प्रतिवेदन, सांगठनिक समीक्षा तथा भावी योजना प्रस्तुत गरिनेछ। साथै नयाँ कार्यसमितिको निर्वाचनसमेत सम्पन्न हुने जानकारी आयोजक समितिले जनाएको छ।

पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उद्देश्यले, म्याग्दी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरू — मल्लिका मन्दिर, सिंगा तातोपानी, रूप्से झरना, घोरेपानी, दुर्लेखख, गल्सेवर र पुनहिल — को झलकसमेत पोस्टरमार्फत प्रस्तुत गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न मिडिया हाउसहरूले साथ दिएका छन्, जसमा Bara Dainik,Himaltimes,Nepalijanatakhabar, Thangichagu ,युवाकाे आवाज, जनसवाल, HeroNepal -TV लगायतका संस्थाहरू मिडिया पार्टनरका रूपमा रहेका छन्।

संघका अध्यक्षसहित सम्पूर्ण कार्यसमिति कार्यक्रम सफल बनाउन निरन्तर लागिरहेको र मलेसियास्थित सम्पूर्ण म्याग्देली तथा नेपाली समुदायलाई सहभागिताका लागि हार्दिक आमन्त्रण गरिएको छ।.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button