क्वालालम्पुर स्थित नेपाली राजदूतवासले पासपोर्ट नविकरण र वितरण सम्बन्धि संञ्चालन गर्दै आएको कन्सुलर सेवा कार्यक्रमका लागि पिएनसिसिले सहकार्य गर्ने भएको छ । आगमी जून ७ र ८ मा पेनाङ सहरमा बसोबास गर्ने नेपाली श्रमिकहरुलाई लक्षित गरि सञ्चालन हुने घुम्ती कन्सुलर सेवाका लागि पिएनसिसिले सहकार्य गर्ने भएको हो ।
राजदूतवासले जारी गरेको सुचना अनुसार पुलाउ पेनाङको Sunshine Squre, Level 4, Banquet Hall मा कन्सुलर घुम्ती रहनेछ । उक्त घुम्तीले पहिलो दिन अर्थात ७ जून सनिवार, विहान ८ वजे देखि बेलुकी ५ बजेसम्म सेवा उपलब्ध हुनेछ भने दोश्रो दिन अर्थात ८ जून आईतवार विहान ८ वजे देखि दिउसो १ बजेसम्म मात्र सेवा उपलब्ध रहने छ । त्यसैगरि आवश्यक कागजातका लागि पनि दूतवासले सुचनामा उल्लेख गर्दै – 0124175392 मा सम्पर्क गर्न भनेको छ ।
पिएनसिसि मलेसिया कोअर्डिनेटर पूर्ण सुब्बाका अनुसार दूतवासको यस कार्यक्रम पेनाङ कन्सुलर घुम्ती सेवा संञ्चालनका लागि हल ब्यवस्थापन पिएनसिसिले गर्नेछ । त्यसैगरि सेवाग्राहीलाई आवश्यक पर्ने कागजात ब्यवस्थित गर्न सहयोग पुर्याउने स्वयंसेवक उपलब्ध पिएनसिसि र जन उद्धार केन्द्रले गराउने छ । दूतवाससंगको यस घुम्ती सेवा कार्यक्रममा पिएनसिसिका कार्यकारी निर्देशकको समेत उपस्थिति रहने जानकारी गराउदै सुब्बा आह्वान गर्छन् -दूतवासको घुम्ती कन्सुलर सेवा मार्फत धेरै भन्दा धेरै सेवाग्राहीले लाभ लिनु होला, अवश्यक सोधपुछ गर्नु पर्ने वा कागजात ब्यवस्थित गर्नु पर्ने भए 0183507730, 0189413759 मा सम्पर्क गर्नु होला ।