कोल्हबीमा असारे बजेट हजम गर्न हतार, पत्रकार महासंघ बिना नै पत्रकारिता तालिम शुरु

22

कलैया । बारा जिल्लाको कोल्हबी नगरपालिकालाई असारे बजेट हजम गर्न हतार भएको देखिएको छ । बजेट सकाउन हतार भएकोले आसेपासेलाई कमिशनको लोभमा विभिन्न कार्यक्रम दिइएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीको भनाइ रहेको छ  । संचार र पत्रकारिता सङ्ग सम्बन्धित कार्यक्रममा नेपाल पत्रकार महासंघ बारालाई जानकारी नै नदिदा पालिका अन्धो भएको हो कि प्रतिनिधि तथा कर्मचारी अन्धो भएको हो भन्ने प्रश्न खडा भएको छ । एउटा संस्थाको कागजको भरमा कार्यक्रम गराउनु राम्रो हो तर पत्रकारहरुको छाता संगठन पत्रकार महासंघलाई नै बेखबर गर्नु दु:खद कुरा रहेको अध्यक्ष सुबेदीले बताए ।

नेपाल  पत्रकार पत्रकार  महासंघ  बारालाई  जानकारी  नै नगराई  कोल्हबीमा  तीन दिने  आधारभुत   पत्रकारिता  तालिम शुरु गरिएको  छ ।  पत्रकारिता  क्षेत्रमा  नव आगन्तुक  संचारकर्मीका लागि  शुरु  गरिएको  तालिममा पत्रकार  हकहितका  लागि रहेको महासंघ बाराको प्रतिनिधिलाई  कार्यक्रममा  सहभागी  नगराउनु  दु:खद  रहेको महासंघ  बाराको पुर्व  उपाध्यक्ष  राकेश पाण्डेले  बताए ।

तराई ईन्टरप्रेनर हाउस प्रा. लि. का अध्यक्ष गुरु प्रसाद  गौतमको सभापतित्व, प्रमुख अतिथी नगर उपप्रमुख लक्ष्मी चौधरी र प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल उपस्थित रहेको कार्यक्रममा मिडिया हाउस मालिक बाहेक नयाँ नयाँ  ३-४ जनाको उपस्थिति रहेको कार्यक्रमको तस्बिरमा पत्रकार महासंघको अध्यक्षलाई नदेख्दा कार्यक्रम नै लजास्पद देखिएको जिल्लाका पत्रकारहरूले टिकाटिपनी गरिरहेका छन् ।

उक्त कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ बाराका अध्यक्ष धिरेन्द्र पनुहर, प्रेस चौतारी बारा सह-सचिव बुधन चौधरी,रेडियो कोल्हवीका अनिल प्रीत, कोल्हबी न्युजका संचालक आशेष ढुंगाना, पत्रकार जितेन्द्र चौधरी, बिनिता चौधरी र इन्दिरा चौधरी लगाएतका माहानुभावहरुको उपस्थिति रहेको थियो। भने प्रशिक्षण सञ्चारकर्मी रोशनी लामिछानेले दिने खबर प्राप्त भएको छ ।

यति मात्रै होइन कि कोल्हबी नगरपालिकाले कमिशनको लोभमा एउटै संस्थालाई बारम्बार कार्यक्रम दिइएको समेत आरोप रहेको छ । क्रीकेट -खेलकुद, जनचेतना र सुधार कार्यक्रम जस्ता विभिन्न कार्यक्रम एउटै संस्थालाई दिएको खबर प्राप्त भएको छ ।  झन सार्वजनिक सुनुवाइ कार्यक्रम त समाचार प्रशारण नै नगर्ने मिडियालाई आयोजना गर्न दिदा सुचना र जानकारी प्राप्त नभए पछि मंचमा बसिरहेका अतिथी बाहेक सुन्ने र देख्ने मान्छे नै नभए पछि लजास्पद बनेको कोल्हबीको स्थानियहरु बताउछन् । कोल्हबीको यस्ता गतिविधिले जनता नै आजित बनिरहेको महसुस गर्न थालेको स्थानीयहरु बताउछन् । साभार : चेरवन्त खबर

Leave a comment