जनकपुरधाम । मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सरकारबाट आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ ।
उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया अन्सारी र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाइएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहका अनुसार ई.बसन्त कुशवाहालाई उद्योग तथा पर्यटन र सञ्जय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
फिर्ता बोलाइएको मन्त्रालयमा कुशवाहा र यादवलाई मन्त्री नियुक्तिका सिफारिस गरिने मुख्यमन्त्री सिंह बताए ।
जनमत पार्टीले एक वर्षे कार्यकालको मूल्याङ्कन गर्दै दुई जना मन्त्रीलाई फिर्ता बोलाइएको र उनको ठाउँमा कुशवाहा र यादवलाई पठाउने निर्णय गरेको हो ।