नेपाली समाज मलेसियाले भेटघाट, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै, नेपालबाट डान्सरहरु आउने।
क्वालालम्पुर (मलेसिया):= जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउने तय भएको छ ।
यहीँ मिति सन् २०२५ जुन ०१ तारिख आईतवारको दिन (Hotel Grand continental kulala Lumpur (jalan Belia Chow kit,50350 kula Lumpur, Wilayah per sek utu an ku la Lumpur) मा आयोजना हुन लागेको नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीसंग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादव उपस्थित हुन आउने तय भएको कार्यक्रम आयोजक समितिका मलेसिया संयोजक बिनोद यादवले जानकारी दिनुभयो ।
मलेसियालाई आफ्नो कर्मभूमि बनाएर विभिन्न क्षेत्रमा कार्यरत रहनुभएका न्यायप्रेमी सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनी लगायत ज-जसले जनता समाजवादी पार्टी नेपालप्रति राजनीतिक झुकाव राख्नुहुन्छ ? वहाँहरु सबैजना उपस्थित हुन मिल्ने साथै राजनीतिमा नलागेका तर अध्यक्ष यादवसंग प्रत्येक्ष भेटघाट गर्न चाहने नेपाली हरु पनि उपस्थित हुन सकिने मलेसिया संयोजक यादवले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजु गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका प्रमुख अर्जुन थापा र डा.निश्चलनाथ पाण्डे लगायतको दिग्गज नेताहरूको पनि उपस्थिति रहने संयोजक यादवले बताउनुभयो ।
साथै कार्यक्रममा नेपालबाट आमन्त्रित डान्सरहरु उषा , जोवाना र मायाले आफ्नो संागीतिक प्रस्तुति दिने तय भएको छ । कार्यक्रममा उपस्थित हुन चाहने नेपाली हरुले बिनोद कुमार यादवलाई मोबाईल नम्बर मा ह्वाट्सएपमार्फत पनि +6012-3377943 सम्पर्क गर्न सकिने बताउनुभयो ।