अन्तराष्ट्रियसमाचार

अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा बारा र पर्साका ४ पत्रकार भारतको जयपुरमा सम्मानित

बिरगंज, १३ बैशाख

“दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् ।

ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान गरेको हो ।

सो पुरस्कारबाट सम्मानित हुनेहरुमा नेपालको पर्साका पत्रकार बिरगंज महानगरपालिकाका उप प्रमुख ईम्तियाज आलमका प्रेस सल्लाहकार तथा बिरगंज टेलिभिजनका संचालक महम्द सदाब, द ब्लास्ट किंग सप्ताहिका पत्रिकाका प्रकाशक तथा कालोझोला डकटमका ब्युरो चिफ दिपेन्द्र प्रजापित र बाराबाट भावानी मिडिया प्रा.लि. द्वारा संचालित बारादैनिक डटकमका संचालक तथा साझा निगरानी राष्ट्रिय दैनिकका प्रकाशक मानिकचन साह, कटवासीमाई मिडिया प्रा.लि. द्वारा संचालित जनचेतना खबर डटकमका संचालक तथा जनचेतना खबर सप्ताहिक पत्रिकाका प्रकाशक स्यामल कुमार गिरी रहेका छन् ।

ऐपेक्स विश्वविद्यालयका कुलपति डा. रवि जुनिवालको अध्यक्षतामा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको ऐपेक्स विश्वविद्यालयका प्रो. कुलपति डा. खेमराज चौधरी, उपकुलपति प्रो डा. सोमदेव सातन्सु, पूर्व प्रमुख प्रो.डा. सञ्जिव भनावट, गौतम बुद्ध विश्वविधालय नोयडाका डीन प्रो. डा. बन्दना पाण्डे, सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष प्रो.डा. अनिरुद्र सुधान्सु, सार्क पत्रकार मञ्च कार्यसमिति सदस्य प्रो.डा. स्मिता मिश्रा, सार्क पत्रकार मञ्च श्रीलंका च्याप्टरका अध्यक्ष राहुल सामन्था, सार्क पत्रकार मञ्च तेलंगना च्याप्टरका मोहम्मद युसुफुद्दीन, महराष्ट्रका अनिल साम्बले, एयर कमाण्डर डी.एस. सेखावत, प्रो.डा. ओपी चंगानी, प्रो. डा. राकेश प्रेमी, डा. वसना चंगानी, डा. गरिमा श्रीवास्तवको विशेष उपस्थिति रहेको थियो ।

उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत दक्षिण एशियाली राष्ट्रका ४० पत्रकार र १ सय २० अनुसन्धानकर्ता, शान्ति अभियन्ता, पत्रकारिताका विधार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विश्वमा शान्ति स्थापना, क्षेत्रीय सहकार्य र पत्रकारिताको उत्तरदायित्व विषयमा १ सय २० वटा कार्य प्रस्तुत भएको थियो साथै उक्त कार्यपत्रमा बहस, विचार विमर्श र अनुभव आदान प्रदान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button