जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा पोखरा कास्कीमा सरुवा भएको हो ।
अब जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरिक्षक बिजय राज पण्डित आउने भएका छन् । पण्डित यस अघि ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहिमा कार्यरत थिए ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार प्रहरी नायब उपरीक्षकहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले जनाएको छ। यस्तै नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ।