मधेसराजनीति

जनता समाजवादी पार्टी नेपाल द्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

कार्तिक २८ वीरगंज___   आज वीरगंज स्थित डाइमणड पार्टी पैलेशमा जनता समाजवादी पार्टी नेपाल द्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साद्वारा जनतासंग जसपा नेपाल आधाराभुत संगठन निर्माण अभियानको क्रममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

सो बृहत पार्टी प्रवेश कार्यक्रममा बिरगंज महानगरबाट युवा महिला तथा समाजसेवी एवम् जगरनाथपुर गाउँपालिका लगायत अन्य पालिका गरि पाँच सय भन्दा बढीले पार्टी प्रवेश गरेका थिए। भने प्रबेश गरेका सम्पूर्ण नव प्रबेसिहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , लालबाबु राउत, बालकिशोर यादव, सिंहासन साह कलवार, शशिकपुर मिया, सुधिर पाण्डे लगायत पार्टीका अन्य सम्मानित नेताहरुले टीका एवं माला लगाई उनिहरुलाई पार्टी भित्र स्वागत गरेका थिए ।

सम्पूर्ण नव प्रवेशिहरुलाई जसपा नेपाल भित्र स्वागत गर्दै हार्दिक बधाई तथा शुभकामना समेत दिइएको थियो। यस कार्यक्रममा जिल्ला सचीव ,जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारीकाहरु ,पार्टीको भातृ संगठन, युवा कमिटी, विद्यार्थी कमिटी, महिला कमिटी एवम् महानगर कमिटीका लगायतकाको उपस्थिति रहेको थियो भने आजको कार्यक्रम सहजीकरण युवा नेता रितेश बाबु गुप्ताले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button