मधेसराजनीतिसमाचार

कांग्रेसले अब कसैसंग पनि गठबन्धन गर्दैन ,एक्लै चुनाव लड्छ : केन्द्रिय सदस्य रुंगटा

वीरगन्ज,१७कार्तिकःनेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाले अब कुनैपनि चुनावमा कांग्रेसले अन्य दलसंग चुनावी गठबन्धन नगर्ने बताएका छन्।

शनिबार वीरगन्जमा नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै संविधान सभा सदस्य समेत रहेका रुंगटाले अब हुने स्थानीय, प्रदेश र प्रतिनिधीसभाको चुनावमा कांग्रेस एक्लै लड्ने बताए । उनले कांग्रेसले अब चुनावी गठबन्धन नगर्ने प्रष्ट्याए ।

केन्द्रिय सदस्य रुंगटाले कांग्रेसले अब चुनावी गठबन्धन गर्ने विषय केन्द्रिय कार्य समितिबाट पनि प्रष्ट भइसकेकाले अब यस विषयमा कांग्रेसका कोहिपनि नेताकार्यकर्ताले भ्रम नपाल्न आग्रह गरे।उनले पर्सा क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्ताका गुनासा जायज रहेको भन्दै अब ती गुनासालाई सम्बोधन गर्न आँफु लाग्ने बताए।

छठ पर्व लगत्तै पर्सा क्षेत्र नम्बर १ मा कांग्रेसको राजनीतिक गतिविधी बढाउन आँफु अझ सकृय बन्ने प्रतिबद्धतापनि उनले जनाए ।
आपसी तिक्तता र मनमुटावलाई बिर्सिएर कांग्रेसको संगठनलाई अझ मजबुत बनाउन सबै नेताकार्यकर्ता एकसाथ लाग्नुपर्नेमा उनले जोड दिए ।

अनिल सिंहको अध्यक्षता तथा रुंगटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका कृषि मन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, कांग्रेस जिल्ला सचिव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,कांग्रेस नेताहरु प्रकाश उपाध्याय, लक्ष्मीनाथ नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान लगायतकाकोपनि सहभागीता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button