अन्तराष्ट्रिय

उपेन्द्र यादवलाई जिताउन १४ करोड लिएर चिनियाँ एजेन्ट बारामा सक्रिय

बारा, ७ वैशाख । आउदो आईतवार अर्थात वैशाख १० गते बारा निर्वाचन क्षेत्र २ मा हुन गईरहेको उपनिर्वाचनमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन उत्तरी मुलुक चिनियाँ प्रतिनिधिहरुको छदमभेशीहरु अहिले बारामा जिल्लामा सक्रिय रहेको श्रोतले दाबी गरेका छन् ।
सप्तरीबाट आयात भएर बारा जिल्लाबाट संघिय साँसद बन्नका लागि जसरी भएपनि पैसाको खोलो बगाएर नतिजा प्रभावित पार्ने उद्देश्यले आर्थिक सहयोग बोकेर चिनियाँ एजेण्टहरु अहिले बारा जिल्लामा मा सक्रिय भएको श्रोतले दाबी गरेका हुन् ।
चिनियाँ छत्रछायाँमा राजनीति गर्दै आएका उपेन्द्रलाई चुनाव खर्च बोकेर चिनियाँ एजेण्टहरु बारामा सक्रिय भएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार मतदातालाई पैसाको बलमा किन्न, मदिरा सहितको भोज–भतेर गर्न तथा कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न भनेर १४ करोड रुपैयाँ लिएर चिनियाँ एजेण्ट दिपक भट्ट तथा मनोजमान श्रेष्ठ बारामा खटिरहेका छन् ।
उनीहरुले विभिन्न पक्षसँग समन्वय गरेर गठबन्धनका उम्मेदवार उपेन्द्रलाई जिताउन पैसा बाँडिरहेको एक सुरक्षा अधिकारीले दाबी गर्दै यदी यसरी चिनियाँ चलखेल भएमा हाम्रा लागि सुरक्षा थ्रेट भएको समेत आशंका जनाए ।
मधेशमा चन्दा आतंक
एकातिर चिनियाँ प्रतिनिधिहरुले आफना विश्वास पात्र एजेन्ट मार्फत चुनावी खर्च बोकेर हिँडिरहेका छन् भने अर्कोतिर उपेन्द्रले आफ्नो पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका मन्त्रीहरु मार्फत चन्दाको ब्रह्मलुट मच्चाएका छन् ।
चन्दा उठाउन उपेन्द्रको निर्देशन पाएका मधेश सरकारका अर्थमन्त्री संजय यादव, मन्त्री शिंहासन साह कलवार तथा मन्त्री सुरिता साह, निर्माण व्यवसायी, व्यापारी तथा धनाढयहरु माथि चन्दाको आतंक सुरु गरेको पीडित एक व्यापारीले बताए ।
’उपेन्द्रजीको आदेश हो, चुनावमा सहयोग गर्नुपर्यो भनेर मन्त्रीज्यूले चन्दा माग्नुभयो । आर्थिक मन्दी भएका बेला हामीले कहाँबाट जुटाउने, नदिए भोलिका दिन ब्यापार गर्न अप्ठ्यारो हुने, ऋण काढेर पनि केही रकम सहयोग गरेको छु,’ एक व्यापारीले गुनासो गरे ।
उपेन्द्रले प्रतिमन्त्री २ करोड रुपैयाँ माग गरेपछि उनीहरुले त्यस्को जोहो गर्न भनी जसपाका मन्त्रीहरुले चन्दा आतंक सुरु गरेको प्रदेश सरकारमै रहेका अन्य दलका मन्त्रीले दाबी गरेका छन् । यस्तै रकम बाँड्दै गर्दा कतिपय स्थानमा पूर्व कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव सहितका व्यक्तिहरुलाई स्थानीय बासिन्दाहरुले दुई दिन अघि समातेपनि त्यसको बारा प्रशासनले आधिकारीक रुपमा पुष्टि गर्न सकेनन् । नेपाल पानाबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button