Modern technology gives us many things.

नेपाल चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक शुक्रबार हुने

71

चैत २१
द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक शुक्रबार चिनको राजधानी बेइजिङमा हुने भएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले र चीनको नेतृत्व त्यहाँका उपविदेशमन्त्री सन वेइडोंगले गर्ने छन्
गत वर्ष जेठमा भर्जुअल माध्यमबाट बसेको १४ औं बैठकले कोरोना महामारीपछिको सन्दर्भमा सहकार्य र समझदारीलाई अभिवृद्धि गर्न नेपाल र चीनबीच द्विपक्षीय संयन्त्रका सबै संयन्त्र क्रियाशील गराउने सहमति भएको थियो ।

यसपालि बेइजिङमा सामुहिक उपस्थितिमा नै हुने बैठकले यसअघिका निर्णय तथा समझदारी कार्यान्वयनको स्थितिका साथै अन्य थप द्विपक्षीय मुद्दामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a comment