Modern technology gives us many things.

कार्यालय प्रमुख स्वागत कार्यक्रम सम्पन्न

94

बारा, ०५ माघ

बारा सुवर्ण गाउँपालिकाको गाउँपालिका प्रमुख राजेश प्रसाद यादवको अध्यक्षता तथा गाउँपालिका उप प्रमुख पुनम देवी यादवको प्रमुख आतिथ्यमा कार्यालय प्रमुख स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

विगत केही महिना दिख गायब रहेको प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको ठाउँमा निमित प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रसाद साहको नाम सिफारिस भएको छ । साह यसै गाउँपालिकाको स्वास्थ्य संयोजकको पदमा विगत ३ वर्ष देखि काम गर्दै आइरहेका थिए ।

कार्यक्रममा निमित प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद साह विगतमा पालिकाको स्थगित रहेको काम पुन: सात दिन भित्रमा सुचारु गर्ने र कार्यपालिकाको बैठकबाट जग्गा वर्गीकरण गराइ मालपोतमा रोक्का रहेको जग्गा किताकाट पुन: सुचारु गराइ जनताको सेवामा समर्पित रहने भनि प्रतिवद्धता व्यक्त गर्न भएको थियो ।

उक्त कार्यक्रममा पालिकाको सम्पूर्ण वडाका वडा अध्यक्ष, शाखा प्रमुख लगायत सम्पूर्ण कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a comment