विज्ञान/प्राविधि

क्यानको आयोजनामा “साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न

बारा, ०७ पौष

बाराको कलैया स्थित सिम्बायोसिस क्याम्पसमा कम्पुटर एशोसिएशन नेपाल महासंघ, बाराको आयोजनामा “साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न भएको हो ।

कम्पुटर एशोसिएशन नेपाल महासंघ बाराको अध्यक्ष संजय केशरीको अध्यक्षता तथा सिम्बायोसिस क्याम्पसका क्याम्पस प्रमुख म.सफीक अंसारी प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने गरेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा समस्या बढीरहेको भन्दै साइबर अपराध न्युनीकरण गर्न सचेतना कार्यक्रम शुरु गरिएको क्यान महासंघ बारा शाखा पुर्व अध्यक्ष ई. शशिभुषण प्रसादले बताए । कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी बिविध बिषयमा बिशिष्ट अथिति प्रहरी निरिक्षक रुद्रराज कंडेलले आफ्नो प्रस्तुती दिएका थिए ।

क्यान महासंघ बारा शाखाका अध्यक्ष संजय केशरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिम्बोसियस क्याम्पसका प्रमुख म. सफिक अंसारी, क्यान महासंघ मदेश प्रदेशका सचिव गणेश ठाकुर, क्यान बाराका सचिव बिनोद साह र क्यान बाराका सह–सचिव सुरेश यादवको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा क्यान महासंघ बाराको पूर्व अध्यक्ष ई. शशिभुषण प्रसाद, प्रहरी निरीक्षक रूद्र राज कंडेल, क्यान महासंघ मधेश-प्रदेश, सचिव गणेश शर्मा, क्यान महासंघ बारा, सचिव बिनोद साह, सह-सचिव सुरेश यादव लगायतको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button