मधेससमाचार

जब सम्म अध्यक्ष बसे म बस्छु कोहि केही गर्न सक्दैन:- साह

रमेश साह
बारा/ देवताल ३० चैत
बाराको देवताल गाउँ पालिका का नायवसुब्बा अभिन्दन प्रसाद साहले गाउँ पालिका अध्यक्ष जहिले सम्म रहि रहने छन आफू रहि रहने छु कसैले केही गर्न सकने छैन त्यहाका अगुवा सेवाग्राही बताउने गरेकाछन।
नायव सुब्बा साह गाउँ बिकास समिती रहेकै बेला देखि अहिले सम्म उक्त ठाउमा कार्यरत रहि कामकाज गर्दै आइरहेकोछ।संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पौष २९ गते गृह मन्त्रालयमा सरुवा गरि दिदा पनि रवाना लिएर गएको छैन उल्टै अध्यक्षको रहुन जेल सम्म आफू यहि बस्ने धाक लगाने गरेको सेवाग्राहीको गुनासो रहेकोछ।
नेपाल सरकारले बनाएको नियम कानुनलाइ अटेर गर्दै प्रमुख प्रसासकिय अधिकृत सिकेन्द्र साहले रवाना न दिनु र नयाब सुब्बा साहले सरुवा भएको ठाउमा हाजिर हुन न जानू पालिकाको कार्य बिधिमा अनियमितता गरि आर्थिक लाभ लिइ रहने मन्सायले कामा गरि रहेको स्थानीय जनताहरुले बताएका छन।

फ्री वाइफाइ जडानको लागि नयाब सुब्बा साहको नाममा २० लाख ५ ५ हजार पेस्की लिएको रकम आर्थिक लेखा परिक्षणमा पेस्की बक्यौता देखिएको लेखा शाखाले हाल सम्म १ लाख ५० हजार पेस्की फर्छौट गर्न बाकी रहेकै जानकारी गराएकोछ।तीन महिना अगावै सरुवा भएको कर्मचारीको नाममा पेस्की नै रहि रहनु कतिको नियम सम्बत मिल्छ त्यहाका जनताहरुको उत्सुकताको बिषय रहेकोछ।
अहिले प्रमुख प्रशासिकिय अधिकृत सिकेन्द्र साहको सरुवा दुई महिना अगाडि भइ सक्दा पनि सरुवा भइ न जानू र सरुवा भएका कर्मचारीलाई पनि रोकि राख्नु कतिको नियम सम्बन्ध मिल्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button