मधेस प्रदेशसमाचारसमाजस्थानीय

धानुक समाज बाराद्वारा दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बारा । नेपाल धानुक समाज जिल्ला कार्य समिति बाराको आयोजनामा हिन्दु धर्मावलम्बीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल धानुक समाज जिल्ला कार्य समिति बाराका अध्यक्ष प्रमोद मण्डलको अध्यक्षता तथा डा. राहुल मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले दीपावली तथा छठ पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे आ–आफ्नो धारणा राख्दै आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाल धानुक समाजका केन्द्रीय महासचिव योगेन्द्र प्रसाद मण्डल, अतिथि कमलेश मण्डललगायत जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, समाजसेवी, बुद्धिजीवी र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले समाजमा आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button