समाचार

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । 

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो ।

जनकपुरका लागि मोइन अलिले अविजित ५८ रन बनाए । उनलाई सैफ हसनले ४० रन बनाएर साथ दिएका थिए ।

यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको काठमाडौंले १९.३ ओभरमा १० विकेटको क्षतिमा ११५ रन बनाएको थियो । काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका युवा बलर चार विकेट लिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button