समाचार

विश्वमा अझै पनि १२ सय बढी परमाणु हतियारहरू कायमै

काठमाडाैं, १० असाेज । आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस, याे दिवस हरेक वर्ष सेप्टेम्बर २६ मा विश्वभर मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले विश्वलाई परमाणु हतियारको जोखिमबाट मुक्त गराउन र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्नका लागि यो दिवस घोषणा गरेको हो।   

 

विश्वव्यापी रूपमा नागरिक समाज तथा शान्तिवादी सङ्घ-संस्थाहरूले यस दिवसमा जनचेतना जगाउन र ऐक्यबद्धता जनाउन 'परमाणु हतियार रोकौँ: शान्ति हाम्रै हातमा छ' अभियान चलाउँदै आएका छन्।

 

सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गर्दै हरेक वर्ष सेप्टेम्बर २६ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् २०१४ देखि यो दिवस नियमित रूपमा मनाइँदै आएको छ। सन् १९८३ सेप्टेम्बर २६ का दिन सोभियत सङ्घको प्रारम्भिक चेतावनी प्रणालीमा प्राविधिक गडबडीका कारण अमेरिकाले मिसाइल प्रहार गरेको गलत सङ्केत आएको थियो। तर तत्कालीन सोभियत अधिकारी स्टानिस्लाभ पेट्रोभले सुझबुझ देखाउँदै यसलाई प्रणालीको त्रुटि मान्दा हुनसक्ने सम्भावित परमाणु युद्ध रोकिएको थियो।   

 

परमाणु हतियारले मानव सभ्यता, वातावरण र पृथ्वीका लागि निम्त्याउने विनाशकारी असरबारे आम नागरिक र विश्व नेताहरूलाई सचेत गराउनु, परमाणु हतियार भएका देशहरूलाई आफ्ना हतियार नष्ट गर्न र नयाँ निर्माण रोक्न अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नु र परमाणु हतियारको निर्माण र आधुनिकीकरणमा अर्बौँ डलर खर्च भइरहेको छ। उक्त बजेटलाई गरिबी निवारण, शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरू समाधान गर्न प्रयोग गर्नुपर्ने सन्देश दिनु यसकाे उदेश्य हाे  ।    

 

विश्वमा अझै पनि अनुमानित १२,००० भन्दा बढी परमाणु हतियारहरू कायम छन्। शक्तिशाली राष्ट्रहरूले आफ्ना परमाणु हतियारलाई अझ आधुनिक र घातक बनाउन ठूलो बजेट विनियोजन गरिरहेका छन्।  पछिल्लो समय बढ्दो भू-राजनीतिक तनाव, क्षेत्रीय द्वन्द्व र आर्टिफिसियल इन्टेलिजेन्स को प्रयोगका कारण परमाणु युद्धको जोखिम झनै बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button