समाचार

अभिनेता सञ्जय मिश्रलाई पहिलो राष्ट्रिय फिल्म अवार्ड

 बलिउडका चर्चित अभिनेता भारत बिहारका सञ्जय मिश्रले तीन दशकभन्दा लामो फिल्मी यात्रापछि पहिलोपटक भारतको प्रतिष्ठित राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका छन्।

गुजरातको एकता नगरमा आयोजित ७२औँ राष्ट्रिय फिल्म पुरस्कार समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले मिश्रलाई ‘रजत कमल’ प्रदान गर्दै सम्मानित गरेकी हुन्।

मूलरूपमा बिहारको दरभंगा जिल्लाको मनीगाछी प्रखण्डअन्तर्गत नारायणपुर गाउँका मिश्रले चर्चित फिल्म ‘भक्षक’ मा निभाएको क्यामेराम्यान भास्कर सिन्हाको भूमिकाका लागि सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय अवार्ड पाएका हुन्।

मुजफ्फरपुर बालिका गृह काण्डबाट प्रेरित ‘भक्षक’मा मिश्रले खोजी पत्रकारसँग मिलेर न्यायका लागि संघर्ष गर्ने संवेदनशील पात्रको भूमिका निर्वाह गरेका छन्।

नेसनल स्कुल अफ ड्रामाका पूर्वविद्यार्थी मिश्रले ‘अफिस अफिस’, ‘आँखों देखी’, ‘मसान’ र ‘वध’ लगायतका फिल्म तथा टेलिभिजनमा प्रभावशाली अभिनय गरेका छन्।
सादगीपूर्ण अभिनय र फरक पात्रलाई जीवन्त बनाउने क्षमताका कारण दर्शकमाझ लोकप्रिय मिश्रका लागि यो अवार्ड तीन दशक लामो फिल्मी यात्राको महत्वपूर्ण उपलब्धि बनेको छ। उनको यो सम्मानलाई बिहारको कला तथा फिल्म क्षेत्रमा समेत गौरवको उपलब्धिका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button