मधेस प्रदेशराजनीतिसमाचारसमाज

जनमत पार्टीको राष्ट्रिय सचिवमा संगीतकार सन्तोष राज सहनीको उम्मेदवारी

काठमाडौं :जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संगीतकार एवं गायक सन्तोष राज सहनीले राष्ट्रिय सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनअन्तर्गत वीरगञ्जमा हुने निर्वाचनका लागि सचिव पदमा ७ जना निर्वाचित हुने व्यवस्था छ। निर्वाचन समितिका अनुसार उक्त पदमा सहनीसहित १० जनाको उम्मेदवारी परेको छ।

सहनी हाल पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांस्कृतिक जनमत संघका केन्द्रीय संयोजक हुन्। पार्टीका विचार, नीति र कार्यक्रमलाई सांस्कृतिक माध्यमबाट जनस्तरसम्म पुर्‍याउने अभियानमा उनी सक्रिय रहँदै आएका छन्।

नेपाली, हिन्दी तथा भोजपुरी भाषाका संगीतकार, गीतकार एवं गायकका रूपमा समेत परिचित सहनीले संगठन निर्माण र पार्टीका विभिन्न अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

आगामी असोज ९ र १० गते वीरगञ्जमा हुने दोस्रो राष्ट्रिय महाधिवेशनबाट जनमत पार्टीले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ। अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन् भने सचिवलगायत अन्य पदमा प्रतिस्पर्धा हुने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button