समाचार

बाराका युवक चोरीको भैंसीसहित भारत आदापुरमा पक्राउ

रौतहट, ५ असोज । भारतको बिहारस्थित आदापुर प्रहरीले चोरीको भैँसीसहित बाराका एक नेपाली युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा, जितपुर सिमरा उपमहानगरपालिकास्थित जितपुर गाउँका अफरोज अन्सारी रहेका छन्। उनी कमरुल अन्सारीका छोरा हुन्।

आदापुर थानाध्यक्ष रुपम कुमारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोरीको भैँसी रहेको सूचनाका आधारमा छौरहिया पोखर चोकमा निगरानी तथा छापा अभियान चलाएको थियो। सोही क्रममा सोमबार अन्सारीलाई भैँसीसहित नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा पशु चोरी तथा ओसारपसारका घटना दोहोरिँदै आएको अवस्थामा नेपाली नागरिक भैँसीसहित भारतीय भूमिमा पक्राउ पर्नुले सीमा क्षेत्रमा हुने यस्ता गतिविधिमाथि निगरानी थप कडा पार्नुपर्ने देखिएको छ। 

प्रहरीले अन्सारीसँग सोधपुछ गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आदापुर प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button