समाचार

जापान पुगे डा. चिन्मय पण्ड्या, टोकियोमा गायत्री मन्दिरको प्राण-प्रतिष्ठा

रौतहट ५ असोज। भारत उत्तराखण्ड हरिद्वारस्थित माता भगवती देवी शर्माको जन्मशताब्दी वर्षका अवसरमा गायत्री तीर्थ शान्तिकुञ्जका प्रतिनिधि डा. चिन्मय पण्ड्या जापान पुगेका छन्। उनको उपस्थितिमा टोकियोमा पहिलोपटक ‘माँ गायत्री मन्दिर’को प्राण–प्रतिष्ठा गरिएको छ।

जापानमा भारी वर्षा तथा टाइफुनको प्रभाव रहे पनि प्राण–प्रतिष्ठा कार्यक्रममा स्थानीय नागरिक तथा प्रवासी भारतीयहरूको उल्लेख्य सहभागिता रहेको शान्तिकुञ्जले जनाएको छ।

शान्तिकुञ्जको केन्द्रीय टोली तथा स्थानीय गायत्री परिवारका सदस्यहरूको सहभागितामा ११ कुण्डीय गायत्री महायज्ञसमेत आयोजना गरिएको थियो। वैदिक मन्त्र तथा गायत्री महामन्त्रको उच्चारणबीच सहभागीहरूले विश्वशान्ति, सद्भाव र मानव कल्याणका लागि सामूहिक प्रार्थना गरेका थिए।

शान्तिकुञ्जको सञ्चार विभागका अनुसार टोकियोमा आयोजित कार्यक्रम माता भगवती देवी शर्माको जन्मशताब्दी वर्षका अवसरमा विश्वभर सञ्चालन भइरहेको कार्यक्रमकै एउटा महत्वपूर्ण हिस्सा हो। जापान भ्रमणका क्रममा डा. पण्ड्याले जन्मशताब्दी वर्षको सन्देश गायत्री परिवारका सदस्य तथा कार्यकर्तामाझ पुर्‍याउँदै स्थानीयस्तरमा साधना, जनसम्पर्क र आगामी कार्यक्रमको तयारीलाई समेत गति दिइरहेका छन्।

कार्यक्रममा डा. पण्ड्याले माता भगवती देवी शर्माको जीवन त्याग, साधना, सेवा तथा मातृशक्ति जागरणको प्रेरणाको स्रोत रहेको बताए। जन्मशताब्दी वर्षलाई उनका विचारलाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक चेतना फैलाउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

उनले पूज्य गुरुदेव पण्डित श्रीराम शर्मा आचार्य र माताजीले भारतीय संस्कृतिमार्फत मानव एकता, सद्भाव तथा ‘वसुधैव कुटुम्बकम्’को सन्देश दिएको उल्लेख गरे। गायत्री साधनाले मानिसभित्र सद्बुद्धि, संवेदना र सेवाभाव जागृत गराउने भन्दै जापानमा मन्दिर स्थापना भएपछि नियमित साधनालाई थप व्यवस्थित रूपमा अघि बढाउन आधार तयार भएको उनले बताए।

मौसम प्रतिकूल रहे पनि कार्यक्रममा सहभागी स्थानीय नागरिक तथा प्रवासी भारतीयहरू उत्साहपूर्वक सहभागी भएका थिए। आयोजकका अनुसार टोकियोमा गायत्री मन्दिर स्थापना हुनु जन्मशताब्दी वर्षका कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने क्रममा महत्वपूर्ण कडी बनेको छ।

शान्तिकुञ्जको प्रेरणा तथा डा. पण्ड्याको मार्गदर्शनमा जापानमा गायत्री साधनालाई थप विस्तार गर्ने आधारसमेत तयार भएको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button