समाचार

प्रदेश सभामा सभामुख गुरुङको नेतृत्वमा वृहत सरसफाई

सुर्खेत, ३ असोज ।
कर्णाली प्रदेश सभा परिसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । मन्त्रालयका प्रवक्ता मदन खड्काका अनुसार सभामुख नन्दा गुरुङको नेतृत्वमा असोज दुई गते शुक्रबार वृहत सरसफाई गरिएको हो ।

‘हिजो दिउँसो वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो भने साँझ प्रदेश सभा परिसरमा दिप प्रज्ववलन गरिएको हो । आज साँझ पनि दिप प्रज्ववलन गरिनेछ ।’ उनले भने, ‘आज प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसमा आयोजित र्यालीमा सहभागि भएका छौँ ।’

उनले संविधान दिवसलाई विभिन्न कार्यक्रम आयोजना गरेर भव्यताका साथ प्रदेश सभाले मनाईरहेको जानकारी दिए ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button