प्रतिनिधि सभाका दुई समितिको बैठक आज बस्दै, बाढीपहिरो क्षति र आपूर्ति व्यवस्थापनबारे छलफल हुने

काठमाडौं, २४ भदौ । प्रतिनिधि सभाअन्तर्गतका दुई विषयगत समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आह्वान गरिएको हो।

बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा रसुवामा गएको बाढीपहिरोपछि सरकारका तर्फबाट भएका उद्धार, राहत वितरण तथा पुनस्थापनाका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने कार्यसूची छ। साथै, विपद्का कारण मुलुकको समग्र अर्थतन्त्रमा परेको असरबारे अर्थ मन्त्रालय र विपद्पछिको क्षति तथा प्रभाव मूल्याङ्कन सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गरिने समितिले जनाएको छ।

यसैगरी, बिहान १०:०० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थापनबारे छलफल हुनेछ। सो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *