समाचार
रौतहटमा नहर किनारबाट भरुवा बन्दुक बरामद

रौतहट, २० भदौ । रौतहटको गुजरा नगरपालिका–३ स्थित पश्चिम नहर सडकखण्डबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।
शुक्रबार बिहान गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा बेवारिसे अवस्थामा फेला परेको बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बन्दुक कसले र किन त्यहाँ छाडेको भन्नेबारे अनुसन्धान भइरहेको छ।



