जन्मदिनमा झाले बाढी पिडीतलाई गरे ११ लाख सहयोग

सुभाष कायस्थ
जनकपुरधाम, १५ भदौ । देशमा आएकाे महाविपतिलाई हेरेर महाेतरीका एक व्यक्तिले आफ्नाे जन्मदिनमा उत्सव पार्टी नगरी बाढी पिडितलाई ११ लाख रूपैया राहत स्वरूप सहयाेग गरेका छन् ।
महोत्तरी जिल्लाकाे महाेतरी गाउँ निवासी नेपाेभिट टाइल्स उद्याेगका संचालक शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै बाढी पिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ रुपैयाँ सहयोग गरेका छन् ।
देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो जनधनको क्षति भइरहेको र सयौँ परिवार प्रभावित तथा विस्थापित भएको अवस्थामा आफू उत्सव मनाउनेभन्दा विपदमा परेका नागरिकको राहतलाई प्राथमिकता ठानेर सहयाेग गरेकाे बताए ।
यनले भने, ‘देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा आफुले सहयाेग गरेकाे रकमले पुग्दैन तर थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ ।’
झाले आफ्ना नेपाल सेरामिक इण्डिष्ट्री प्रा.लि. मार्फत साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।



