Banner Newsप्रदेशमधेसराजनीतिसमाचारसमाजस्थानीय

बहुदरमाई नगरपालिकाद्वारा ४९ करोड ७० लाखभन्दा बढीको बजेट प्रस्तुत, कृषि–शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

पर्साको बहुदरमाई नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ७० लाख ७५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १५औँ गाउँसभा अन्तर्गत बुधबार आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिएको हो।

नगरपालिका उपाध्यक्ष सुष्माकुमारी कुशवाहा को निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी ले बजेट प्रस्तुत गरेका थिए।

नगरपालिका अध्यक्ष सिघासन साह तेली ले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिए।

उनले स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै समग्र विकास, सुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याइएको बताए। “स्थानीय नागरिकको जीवनस्तर उकास्ने, उत्पादन वृद्धि गर्ने र पूर्वाधार विस्तारलाई तीव्रता दिने उद्देश्यका साथ योजना निर्माण गरिएको छ,” अध्यक्ष साहले बताए।

अध्यक्ष साहकै अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, पूर्व गाविस अध्यक्ष नसुरल्लाह मियाँ, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य बियय यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी तथा नगरपालिका कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रम सञ्चालन जिन्सी शाखा प्रमुख रामबाबू पटेल ले गरेका थिए।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटले नगर क्षेत्रको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button