राजनीतिसमाचार

‘प्रतिनिधिको टुंगो नलाग्दै उम्मेदवारी घोषणा गर्न मिल्दैन’

प्रतिनिधिलाई कार्ड वितरण भएलगत्तै मंगलबार बन्दसत्र सुरु हुन्छ ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशनको बन्दसत्र एक दिन ढिला हुने भएको छ । सोमबार बिहान ८:०० बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका सार्वजनिक भए पनि मंगलबारका लागि सरेको छ ।  अझैसम्म पनि महाधिवेशन प्रतिनिधि संख्या निश्चित भएको छैन । अर्कोतिर नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसार सुरु गरिसकेका छन् । प्रतिनिधि टुंगो लगाउने कार्यमा किन ढिलाइ भयो ? र, उम्मेदवारी घोषणा भइरहेको विषयमा रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानी :

प्रथम महाधिवेशन गरिरहेको रास्वपाले सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने भनेको थियो तर हुन सकेन र स्थगित भयो । किन यस्तो भयो ?

हामीले बन्दसत्र सुरु गर्नुभन्दा अगाडि जति पनि महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूको नाम टुंग्याउनु पर्ने थियो । प्रतिनिधिको नाम टुंगो लगाएर परिचयपत्र वितरण गर्नुपर्ने हुन्छ । तीमध्ये अधिकांश कार्ड वितरण सकिएको स्थिति छ । अलिकति चाहिँ प्रिन्ट गर्ने प्रक्रियामा ढिलो भएको थियो । जुन प्रिन्ट गरेर सकिइसकेको छ, त्यो वितरण गर्न सुरु गर्ने र प्रिन्ट गर्न बाँकी कार्ड आज राति प्रिन्ट गरेर मंगलबार बिहान ७ बजेदेखि बाँड्न सुरु गर्ने हो । त्यो कार्ड वितरणको कार्य सम्पन्न भएलगत्तै बन्दसत्र सुरु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button