अन्तराष्ट्रियपत्र-पत्रिकापत्र-पत्रिकाराजनीतिसमाचार

रास्वपा कलैया–२३ को नेतृत्व नवल किशोर साहलाई, प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न

कलैया
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. २३ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन प्रमुख अतिथि जाटाशंकर सहनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

अधिवेशनबाट नवल किशोर साह सभापतिमा चयन भएका छन्। त्यसैगरी मनोज कुमार साह उपसभापति, देवराज पटेल सचिवमा चयन भएका छन्। सदस्यहरूमा सुजित कुशवाहा, पानालाल पटेल, दिनबन्धु पटेल तथा अनिल कुशवाहा चयन भएका छन्।

महिला सदस्यतर्फ मान्ति देवी साह, ईन्दु कुमारी देवी तथा सकिना खातुन चयन भएका छन् भने दलित महिला सदस्यमा अन्जु देवी राम चयन भएकी छन्। साथै, सुरेन्द्र शर्मा र रघुनाथ राउत कुर्मी मनोनित सदस्य रहेका छन्।

कार्यक्रममा गाउँका भद्रभलादमी, बुद्धिजीवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button