मधेसराजनीतिसमाचारसमाज

जल यात्रामा जनमत पार्टीका उम्मेदवार गुप्ताको सहभागिता, चुनावी अभियानलाई धार्मिक आस्थासँग जोड्दै

श्री राम माहायज्ञ एवं रामजानकी प्राणप्रतिष्ठाका अवसरमा आयोजना गरिएको जल यात्रामा जनमत पार्टीका उम्मेदवार तथा संविधानसभा सदस्य प्रमोद गुप्ता बुधबार कलैया उपमहानगरपालिका–२७ मा सहभागी भएका छन्।
धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको उक्त जल यात्रामा स्थानीय श्रद्धालु, धर्मगुरु, समाजसेवी तथा जनमत पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जल यात्राका क्रममा गुप्ताले श्रद्धालुहरूसँग प्रत्यक्ष भेटघाट गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा आफू प्रतिबद्ध रहेको बताएका थिए।
कार्यक्रमलाई चुनावी अभियानसँग जोड्दै उनले स्थानीय मतदातासँग संवाद गरेका थिए। यस क्रममा क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनका विषयमा जनताका समस्या सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
जनमत पार्टीका स्थानीय नेताहरूले धार्मिक कार्यक्रममा उम्मेदवारको सहभागिताले पार्टीको सामाजिक उत्तरदायित्व र जनभावनाप्रतिको सम्मान प्रष्ट भएको बताएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रममार्फत जनतासँग भावनात्मक सम्बन्ध सुदृढ हुँदै गएको छ।
स्थानीय बासिन्दाहरूले धार्मिक कार्यक्रममा राजनीतिक नेतृत्वको सहभागितालाई सकारात्मक रूपमा लिँदै विकासमुखी सोचसहित उम्मेदवार अघि बढ्नुपर्ने अपेक्षा व्यक्त गरेका छन्। उक्त जल यात्रासँगै जनमत पार्टीको चुनावी अभियान थप सक्रिय बनेको जनाइएको  छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button