Modern technology gives us many things.

अरूको घुइँचो बढेपछि त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द

22

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनलको हकमा दिँदै आएको ‘भिजिटर पास’ मङ्गलवारबाट बन्द गरिदिएको छ।

उक्त विमानस्थलको नागरिक उड्डयन कार्यालयले एउटा सार्वजनिक सूचना जारी गरी नयाँ व्यवस्थाबारे जानकारी गराएको हो।

यात्रुको भन्दा उनीहरूसँग भित्र जान खोज्ने मानिसको अनावश्यक घुइँचो बढेका कारण समस्या उत्पन्न हुन थालेपछि यो निर्णय गरिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बीबीसीलाई बताए।

यसअघि अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका आफन्त र साथीभाइलाई विशेष परिस्थितिमा ‘भिजिटर पास’ दिइँदै आएको थियो। नयाँ नियम लागु भएसँगै अब त्यो सुविधा बन्द भएको छ।

विमानस्थलका एक कर्मचारीका अनुसार भिजिटर पास देखाउँदै हिँड्नु कतिपयका लागि “मान र सानको विषय पनि बनेको” देखिन्थ्यो।

Leave a comment