मधेससमाचार

प्रहरीबाट न्याय नपाएकाे भन्दै पर्साकाे सिडिओ कार्यालयमै आत्मदाहकाे प्रयास

वीरगन्ज,२६फागुन:वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा साेमबार मिटरब्याजी पिडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्।

बाराकाे पचराैता नगरपालिका वठा नम्बर ४ स्थायी घर भई हाल वीरगन्ज-२४ रामगढवामा बस्दै आएका अन्दाजी ६०बर्षिय बृजकिशाेर प्रसाद साहले जिल्ला प्रशासन कार्यालय परिसरमै आत्मदाहकाे प्रयास गरेका हुन्।साेमबार दिउँसो १२.३० बजे साहले किरा मार्ने विषादी सेवन गर्दै शरिरमा पेट्रोल छर्केर आगाे लगाउने काेशीश गरेका थिए ।तर त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले साहलाई आगाे लगाउनबाट राेक्न सफल भएकाे पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।हल्का बीस समेत सेवन गरिसकेका साहलाई त्यहाँबाट उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पुर्याइएकाे र उनकाे अवस्था खतरामुक्त रहेकाे चिकित्सकले बताएको अर्यालले जानकारी दिए।

मिटरब्याजीबाट पिडित साहलाई प्रहरीले न्याय नदिएका कारण उनले आत्मदाहकाे प्रयास गरेकाे बताईएकाे छ।घटनास्थलबाट भेटिएको साह आँफैले लेखेकाे पत्रमा लेखिएको छ-घटनास्थलबाट सिडिओलाई प्राप्त पत्रमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरुको नाममा पास गरेको थिए, तर जग्गाकाे आफूले पैसा तिर्न खोज्दा पीडकले फिर्ता गर्न आनाकानी गरिरहेको छ । यो मुद्दामा प्रहरीले पनि साथ दिइरहेको छैन, त्यहीकारण यो बाटो रोजेको हुँ ।’

घटनास्थलबाट बरामद उक्त पत्रबारे पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रहरी कार्यालय पर्सामा साहले निवेदन दिएकाे र त्यसबारे प्रहरी कार्यालयमा मिलापत्रका लागि छलफल भइरहेको अवस्था रहेकाे बताए ।साेमबारकाे घटनाबारे थप अनुसन्धानका लागि आँफुले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको अर्यालले बताए ।

साहले आत्मदाहकाे प्रयास गरिरहेका समयमा जिल्ला प्रशासन कार्यालय पर्सामा जिलाका सुरक्षा निकायका प्रमुखहरुको बैठक बसिरहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button