समाचार

बेरीना कम्पनीका एम डि राजेश जलान द्वारा द ब्युटी ग्यालरी ऐकेडेमिको उद्घाटन

काठमाडौ । द ब्युटी ग्यालरी सलुन एन्ड एकेडेमी बिहिवारदेखि सामाखुशीमा औपचारिक रूपमा सन्चालनमा आएकोछ।

सौर्न्दर्यविद सुमा चित्रकारले”काठमाडौ महानगरपालिकाको गौरब योजना अन्तर्गतका बिद्यार्थिहरुलाइ सीप प्रदान गर्ने उदेश्यले एकेडेमी सन्चालनमा ल्याएको बताएकि छिन।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेरिना कम्पनीका प्रबन्ध निर्देशक राजेश जलान ,सौन्दयकला ब्यवासायी संघकोअध्यक्ष वरिष्ठ सौन्दर्यविद कमला श्रेष्ठ र पद्मकन्या बिद्याश्राम माध्यमिक बिद्यालयको प्रीन्सिपल रिता तिवारीले सयुक्त रूपमा रिबन काटी पानसमा दिप प्रज्वलन गरेर ऐकेडेमिको उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए।त्यसैगरी सौन्दर्यकर्मी सीता अर्याल ,शर्मिला मुनिकारले एकेडेमीको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उद्घाटनको अबसरमा केक समेत काटिएको थियो ।अतिथीहरुलाइ मायाको चिनो प्रदान गर्दै सुमा चित्रकारले कार्यक्रममा उपस्थिति भइ हौसला प्रदान गर्नुहुने सबैलाइ धन्यवाद व्यक्त गरिन।

सौन्दर्यकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन भने कुशल कार्यक्रम उद्घोषक , गायिका एबम सन्चारकर्मी बिष्णुमाया पौडेलले गरेकी थिइन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button